कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले पराजित गर्दा विराटनगरको दोस्रो जित निकाल्दा चितवन ५१ रनले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको छ। आज भएको पहिलो खेलमा कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो ।

डेथ ओभरमा कर्णालीले उत्कृष्ट बलिङ गरेपछि लुम्बिनी ५ रनले चुकेको हो। यो जितपछि कर्णाली प्लेअफ नजिक पुगेको छ । यसअघि नै लिग चरणबाट बाहिरिएको लुम्बिनी भने अन्तिम खेलमा पनि पराजित भएको छ।

- Advertisement -
Ad imageAd image

आजै भएको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । एनपीएलमा विराटनगरको यो दोस्रो जित हो । यो जितपछि ६ खेलबाट ४ अङ्क जोडेको विराटनगरको प्लेअफको झिनो सम्भावना कायम राखेको छ ।

चितवनको भने ६ खेलमा यो तेस्रो हार हो । यसले प्लेअफ पुग्ने चितवनको अभियानमा ठूलो धक्का लागेको छ । ६ खेलबाट ६ अङ्क सहित चितवन चौथो स्थानमै यथावत रहेको छ । चितवनले अब लिगको अन्तिम खेलमा शनिवार प्लेअफमा छनोट भइसकेको जनकपुर बोल्ट्सको सामना गर्नेछ ।

विराटनगरको जितमा अलराउण्ड प्रदर्शन गरेका बसिर अहमदले ब्याटिङमा अर्धशतक बनाए भने किफायती बलिङ गर्दै १ विकेट लिए ।

विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेल्दा ५ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्