एनपीएलमा आज लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवन भिड्दै, कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा एनपीएलको प्लअफबाट बाहिरिसकेको लुम्बिनी लायन्सले आफ्नो अन्तिम खेल कर्णाली याक्ससँग खेल्दै छ।

लुम्बिनी आफ्नो अन्तिम खेलमा सान्त्वना जितको खोजीमा हुनेछ भने कर्णालीले प्लेअफमा पुग्न आजको खेल जित्नैपर्ने हुन्छ। लुम्बिनीसँग पराजित भए पनि कर्णालीको प्लेअफ सम्भावना सकिँदैन। तर त्यसपछि उसलाई अन्य टोलीको नतिजामा समेत निर्भर रहनु पर्ने हुन्छ।

- Advertisement -
Ad imageAd image

५ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको कर्णाली ८ अंकसहित शीर्ष चारमा बलियो पकड बनाउन चाहान्छ। लिगमा अहिलेसम्म पनि लुम्बिनीबाहेकका टोलीको बाहिरिने अन्तिम टुंगो लागिसकेको छैन। जनकपुरले अन्तिम चारमा स्थान बनाइसकेकाले अब तीन वटा स्थानका लागि ५ वटा टोलीबिच प्रतिस्पर्धा चलिरहेको छ।

५ खेलमा पराजित भइसकेको विराटनगरसमेत चमत्कारी नतिजासहित प्लेअफको पर्खाइमा छ। तर उसलाई बाँकी चार टोली नै पराजित भएर पनि पुग्दैन, रनरेटमा समेत बलियो सुधार आवश्यकपर्छ। यस्तो अवस्थामा रहेको विराटनगर अन्तिम चारबाट बाहिरिएको गणीतीय रुपमा घोषणा हुन मात्रै बाँकी छ।

दिउँसो १ बजे चितवन र विराटनगर भिड्दैछन्। यो खेलमा पराजित भए विराटनगरको गणीतीय सम्भावनापनि पूर्णरुपमा सकिनेछ। विराटनगरले अब दुबै खेल जित्दा पनि ६ अंक मात्रै हुन्छ। तर चितवनको अन्तिम दुई खेलअघि नै ६ अंक छ।

रनरेटमा समेत अगाडी रहँदै तालिकाको शीर्ष ३ मा छ। अघिल्लो खेलमा कर्णाली विजयी भए र यो खेलमा चितवन विजयी भएमा अन्तिम चारमा पुग्ने भिडन्त थप पछि धकेलिनेछ। तर अघिल्लो खेलमा लुम्बिनी र यो खेलमा विराटनगर विजयी भए सुदुरपश्चिमलाई सहज हुनेछ।

अब लुम्बिनी र जनकपुर बाहेक सबै टोलीले छैठौँ चरणका खेल खेल्दैछन्। यो चरणमा पुग्दा पनि टोलीहरुबिच ८ अंकबाट शीर्ष चार तय हुने कि ६ अंकबाटै भन्ने अझै निश्चित भइसकेको छैन। दाबेदार टोलीले आ आफ्ना खेल जित्दै गए नेट रनरेटका आधारमा मात्रै शीर्ष चारका टोली छुटिने अवस्था बन्दै गएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्