जनकपुर बोल्ट्स एनपीएलको प्लेअफमा पुग्ने टिम बन्दा विराटनगर किंग्स एनपीएलको प्लेअफ दौडबाट आउट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ मंसिर २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ । विहिबार काठमाडौँ गुर्खाजलाई पराजित गर्दै जनकपुर प्लेअफमा पुगेको हो ।

जनकपुरले काठमाडौँलाई ५ विकेटले पराजित गरेको हो । काठमाडौँले दिएको १०२ रनको लक्ष्य पछाएको जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

- Advertisement -
Ad imageAd image

यस अघि काठमाडौँले १९.३ ओभरमा अल आउट हुदै १०१ रन बनाएको थियो । यो जितपछि जनकपुरको ६ खेलमा १० अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै काठमाडौँ गुर्खाजको ५ खेलमा ४ अंक रहेको छ ।

यसअघि आजै भएको पहिलो खेलमा पोखरा एर्भेन्जर्ससँग पराजित हुँदै विराटनगर एनपीएलको प्लेअफको दौडबाट बाहिरिएको हो । योसँगै प्लेअफबाट बाहिरिने विराटनगर दोस्रो टिम बनेको छ । यसअघि बुधबार लुम्बिनी लायन्स पनि प्लेअफको दौडबाट बाहिरिएको थियो ।

आज भएको खेलमा विराटनगर सुपर ओभरमा पोखरासँग १३ रनले पराजित भयो । पोखराले दिएको १९ रनको लक्ष्य पछ्याएको विराटनगरले सुपर ओभरमा मात्र ५ रन जोड्न सक्यो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरको पोखराले विराटनगरलाई जितका लागि १९ रनको लक्ष्य दिएको थियो । त्यसअघि विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । यसअघि विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।

यो जितपछि पोखराको ५ खेलमा ४ अंक भएको छ र उसको प्लेअफ सम्भावना जीवित छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्