एनपीएलमा विराटनगर र पोखरामध्ये एउटा टिमको प्लेअफ यात्रा टुंगिने पक्का हुँदा काठमाडौँ र जनकपुर भिड्दै कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ मंसिर २०८१, बिहीबार
3 Min Read
Aa

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल पोखरा एभेन्जर्स र बिराटनगर किंग्सबीच खेल हुदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा काठमाडौँ र जनकपुर भिड्दै छन् ।

विराटनगर र पोखराबीचको प्रतिस्पर्धाबाट एनपीएलबाट बाहिरिने अर्को टोलीको टुंगो लाग्नेछ । यसअघि बुधबार लुम्बिनी लायन्स प्लेअफ नपुग्ने निश्चित भइसकेको छ । अब बाँकी रहेका ७ टोलीमा सबैभन्दा जोखिममा विराटनगर र पोखरा छन् । यी दुई टोलीलाई बाँकी सबै खेल जित्नै पर्ने दबाब छ ।

- Advertisement -
Ad image

तर सबै खेल जित्दा पनि प्लेअफ पुग्ने निश्चित छैन । यस्तो अवस्थामा अन्य टोलीको नतिजा अनुकूल हुनपर्छ । यी दुवै टोलीसँग समान चार खेलबाट २ अंक मात्रै छ । नेटरनरेटका आधारमा विराटनगर अन्तिममा र सातौँ स्थानमा पोखरा छन् । अन्तिमसम्म पनि प्लेअफको सम्भावना बचाइराख्न विराटनगरले बाँकी खेलका लागि नयाँ खेलाडी समेत भित्र्याएको छ ।

आज पोखराविरुद्ध विराटनगरले नेदरल्यान्ड्सका कप्तान समेत रहेका स्कट एडवर्डसलाई समेत मैदान उतार्ने तयारीमा छ । यसअघिको खेलमा कर्णालीसँग झिनो रनले पराजित भएपछि विराटनगरलाई प्लेअफ पुग्न कठिन परेको हो । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पनि लगातार पराजित भएको छ । यी दुवै टोलीले लुम्बिनी बाहेकलाई पराजित गर्न सकेका छैनन् । विराटनगर यसअघि जनकपुर, सुदूरपश्चिम र कर्णालीसँग पराजित भइसकेको छ ।

पोखरा पनि चितवन, जनकपुर र कर्णालीसँग पराजित भएको थियो । सुरुका चार खेलमा सबैभन्दा बलियो आकलन गरिएको जनकपुरले बुधबार भने आफ्नो अपराजित यात्रा मात्रै तोडेन जारी प्रतियोगिताकै खराब हार भोग्यो। एनपीएलमा सबैभन्दा कम रन बनेको खराब रेकर्ड समेत जनकपुरको नाममा रह्यो। सुदूरपश्चिमविरुद्ध ५१ रनमै अलआउट भएको हो।

यो नतिजापछि आज दिउँसो १ बजे जनकपुरले काठमाडौँको सामना गर्दैछ । तीन जना राष्ट्रिय खेलाडी रहेको जनकपुर सबैभन्दा सन्तुलित टिमका रुपमा हेरिएको छ । तर बिहीबार कुनै पनि ब्याटर चल्न सकेनन्। जनकपुरको टोलीमा ओपनर आशिफ शेख र अनिल साहसँगै बलर ललित राजवंशी समेत छन् ।

काठमाडौँविरुद्ध मैदान उत्रँदा जनकपुर अन्तिम खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ। यता काठमान्डुलाई भने प्लेअफको सम्भावना कायम राख्न अबका खेल जित्नै पर्ने दबाब छ ।

करण केसीको कप्तानीमा रहेको काठमाडौँले आज पाँचौ खेल खेल्दा जनकपुरको छैठौँ खेल हुनेछ । यसपछि काठमान्डुले लुम्बिनी र कर्णालीलाई पराजित गरेको छ। सदूरपश्चिम र चितवनसँग पराजित भएको छ । यसपछिका खेलमा पोखरा र विराटनगरसँग भिड्ने छ ।

जनकपुरले यसअघिका ५ खेलबाट ८ अंक र काठमाडौँले ४ खेलबाट ४ अंक नै जोडेको छ। यी दुवै टोलीको प्लेअफ पुग्ने सम्भावना भएपनि काठमाडौँ सुरुका दुई हारले बढी दबाबमा छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्