एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौं र लुम्बिनी भिड्दै कस्ले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ मंसिर २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान ९ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।

सुदूरपश्चिमले आज जनकपुरलाई हराए नेट रनरेटका आधारमा शीर्ष स्थानमा उक्लनेछ । दुईबीचको खेल शीर्ष स्थानको लडाई पनि हुने भएकाले आजको खेल रोमाञ्चक हुने भएको छ ।

- Advertisement -
Ad imageAd image

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको दोस्रो खेलमा दिउँसो १ बजे काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । एनपीएलमा अहिलेसम्म १७ वटा खेल सम्पन्न भएका छन् । जनकपुर बोल्ट्स आफ्ना चार वटै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा छ ।

यसैगरी चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जीत तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ । तीन खेल खेलेको काठमाडौंले एउटा खेल जितेको छ भने दुई वटा हारेको छ । लुम्बिनीले पाँच वटा खेल खेलेकामा एउटा मात्र जितेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्