सेयर बजारको गिरावट मंगलबार पनि कायमै: कारोबार रकम पनि घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ मंसिर २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – मंगलबार पनि सेयर बजारले ओरालो यात्रा कायम राखेको छ । आज नेप्से ६ अंकले घट्दा परिसुचक २६६९ कायम भएको छ । आज ८७ लाख कित्ता सेयर किनबेच किनबेच हुदा जम्मा ४ अर्बको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १४८ कम्पनीको सेयर घटेको छ भने ८५ कम्पनीको सेयर बढेको छ । यस्तै १० कम्पनीको सेयर स्थिर रह्यो ।कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सानिमा माइ हाइड्रोपावर, जानाकी फाइनान्स, हिमालयन डिस्टिलरी र एसबीआई बैंक क्रमशः अगाडि रहे ।

- Advertisement -
Ad image

व्यपार ०.३०, माइक्रोफाइनान्स ०.१३, उत्पादन ०.३३ र होटल समूह ०.२८ प्रतिशत बढे । बैंकिङ ०.१५, विकास बैंक ०.५२, फाइनान्स ०.७१, हाइड्रोपावर ०.३३, लगानी ०.७९, जीवन बीमा १, निर्जीवन बीमा ०.१९ प्रतिशत घटे ।

जोशी हाइड्रोपावरको ७.६, खानीखोलाको ७.५, गणपति लघुवित्तको ६.९, उपकार लघुवित्तको ६.२ तथा महिला लघुवित्तको ६.२ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ९.९ प्रतिशत घट्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३.५, सपोर्ट माइक्रोफाइनान्सको २.८ प्रतिशत मूल्य घट्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्