काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आईतबारको खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको छ । यसअघिका सबै खेल जितेको सुदूरपश्चिमले आजको खेलमा पराजित भएको हो ।
यस्तै आजै भएको पहिलो खेलमा लुम्बिनीले लगातार चौथो हार बेहोरेको छ । आईतबार सम्पन्न पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले हराएको हो ।
जनकपुरले दिएको १३७ रनको लक्ष्य पछाएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन मात्र बनाएपछि खेल एक रनले हारेको हो ।
यस अघि जनकपुरले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो । प्रतियोगितामा जनकपुरको यो लगातार चौथो जित हो भने लुम्बिनीले चौथो हार बेहोरेको छ ।


प्रतिक्रिया दिनुहोस्