काठमाडौं – नेकपा (एमाले)-कांग्रेस गठबन्धनको सरकार ढल्ने हल्ला चलेपछि साताको पहिलो कारोबार दिन आईतबार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ९३ अंकले घटेर २६८९ को विन्दुमा ओर्लिएको छ ।
आज करिब साढे सात अर्ब रुपैयाँको सेयर खरिद–बिक्री भयो । सात अर्ब ४६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक घट्यो । परिसूचक सर्वाधिक घट्नेमा जीवन बिमा समूह छ । यो समूहको परिसूचक ३.०७ प्रतिशतले घटेको छ ।
२७ कम्पनीको सेयर मूल्य बढ्यो । २१४ कम्पनीको सेयर मूल्य घट्यो । छ्याङ्दी हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक र राष्ट्रिय बिमा कम्पनी लिमिटेडको सेयर मूल्य स्थिर छ ।
खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भयो । मानुषी लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल) र जोशी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घट्यो ।


प्रतिक्रिया दिनुहोस्