काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को तेह्रऔं खेलमा कर्णाली याक्सले रोमाञ्चक जित निकालेको छ । कर्णालीले विराटनगरलाई ७ रनले हराएको हो । टीयु क्रिकेट मैदानमा कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्र बनायो ।
विराटनगरका लागि निकोलश किर्तनले सर्वाधिक ४० रन जोडे भने ओपनर लोकेश बमले १९ रन र दिपक बोहोरालो १८ रन बाहेक अरु बयाटरले दोहोरो रन जोड्न सकेनन् ।
कर्णालीका लागि नन्दन यादवले ३, विपिन शर्माले विकेट लिए भने सोमपाल कामी, विलियम बसिस्टो र युनिस ठकुरीले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटीङ गरेको कर्णालीले २० ओभरमा १३३ रन बनाउँदै अल आउट भयो । कर्णालीका लागि सर्वाधिक बसिस्टोले ६६ रन जोडे ।यस्तै ओपनर देव खनालले ५३ रन बनाए । विलियम र देवले १ सय २ रनको साझेदारी बाहेक अरु ब्याटरले दोहोरो रन जोड्न सकेनन् । विराटनगरका लागि प्रतिश जिसीले ४ विकेट लिए भने बसिर अहमद र क्रिस सोलेले समान २ २ विकेट लिए ।
यसअघि आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिमले फराकिलो जित निकालेको हो ।
सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रनमा समेटियो । लुम्बिनीका लागि विवेक यादवले नट आउट सर्वाधिक ७७ रनको योगदान दिए । सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
सुदूरपश्चिमका लागि सेफ अलि जेब र ब्रेन्डन मक्मेलनले तीन–तीन तथा स्कट कुगेलेनले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि ओपनर सेफ अलि जेबले सर्वाधिक ९० रनको योगदान दिए । यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले नट आउट ३९, ब्रेन्डन मक्मेलनले २३ तथा विनोद भन्डारीले १७ रन जोडे ।
लुम्बिनीका लागि रेमन सिमोण्डले दुई तथा रोहित पौडेल र विवेक यादवले एक–एक विकेट लिए ।
जारी एनपीएलमा सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो । यसअघि सुदूरपश्चिमले विराटनगर किंग्स र काठमाडौं गुर्खाजलाई हराएको थियो । लुम्बिनीले भने लगातार तेस्रो पटक हारेको छ । यसअघिका खेलमा लुम्बिनी विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस्