मानवअधिकार आयोगका प्रतिनिधिसँग लामिछानेको आग्रह,‘चितवनबाट मध्यरातमा पोखरा ल्याउँदा भएका हर्कत छानविन होस्’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ मंसिर २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरुले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । आज मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय पोखराकी निर्देशक नितु गड्तौलासहितको टोलीले लामिछानेसँग भेट गरेका हुन् ।

आयोगका प्रतिनिधिहरुसँग रास्वपा सभापति लामिछानेले आफूलाई अमानवीय व्यवहार गरिएको बताए । उनले आफूलाई मध्यरातमा जबरजस्ती चितवनबाट पोखरा ल्याइएको बताए । उनल चितवनबाट मध्यरातमा पोखरा ल्याउँदा भएको हर्कतबारे सत्यतथ्य छानविनका लागि मानव अधिकार आयोगको टोलीको ध्यानाकार्षण गराए ।

- Advertisement -
Ad image

साथै, आफूलाई जबरजस्ती उठाएर पोखरा ल्याउने टोलीमा संलग्न एक प्रहरीले मादक पदार्थ सेवन गरेको पाइएको पनि लामिछानेको दाबी छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्