एनपीएल: आज कर्णाली र चितवन तथा लुम्बिनी र पोखराबीच खेल हुँदै, कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ मंसिर २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल कर्णाली याक्स र चितवन राइनोजबीच हुदै छ । अहिलेसम्म कर्णालीले २ खेलमा दुवै खेल हारेको छ भने चितवनले २ खेलमा दुवै खेल जितेको छ । यो खेल बिहान ९: १५ बजेदेखि शुरु हुदै छ ।

त्यस्तै आज दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुदै छ । अहिलेसम्म लुम्बिनी लायन्सले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ भने पोखरा एभेन्जर्सले दुवै खेलमा हार बेहोरेको छ । यो खेल अपराहन्न १: १५ बजे देखि शुरु हुदै छ ।

- Advertisement -
Ad imageAd image

मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ८ फ्रेन्चाइजीले भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्