काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबार लुम्बिनी लायन्सलाई हराउँदै विराटनगर किङ्सले जितेको छ । लुम्बिनी लायन्सलाई विराटनगरले २ विकेटले पराजित गरेको छ ।
पहिले ब्याटिङ गर्दै लुम्बिनीले प्रस्तुत गरेको १९२ रनको लक्ष्य विराटनगरले १ बल बाँकी छँदै ८ विकेटको क्षतिमा पूरा गरेको छ ।
यस्तै आजै भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले जित हात पारेको छ । कर्णाली याक्सलाई ३ विकेटले हराउँदै काठमाडौंले सिजनको पहिलो जित निकालेको हो ।
कीर्तिपुरस्थित टीयू मैदानमा कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाएर १५३ रन जोड्यो । काठमाडौंका कप्तान करण केसीले २८ रनको योगदान दिंदा सुमित महर्जन ४० रनमा अविजित रहे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनायो ।
कणालीका लागि शिखर धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मदतमा अविजित ७२ रन जोडे । जिसान मक्सुद अविजित १४, चाडविक वाल्टनले २१, बाबा रहायतले १३ र गुल्सन झा ले २,अर्जुन घर्ती ४ रनमा आउट भए भने ओपनर देव खनालले खाता खोल्न सकेनन् ।
बलिङमा काठमाडौंका जेरार्ड एरासमसले २ र करण केसी, नाथन सोटर र दिपेश कँडेलले समा १–१ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्