काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । बिहान ९ः१५ बजे सुरु हुने खेलमा कर्णाली याक्स र काठमाडौं गुर्खाज भिड्दैछन् ।
यस्तै दिउँसो १ः१५ बजे सुरु हुने खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स आमने–सामने हुँदैछन् । आजको दोस्रो खेलमा सन्दीप लामिछाने नेत्तृत्वको विराटनगर पहिलो जितको खोजीमा हुनेछ । लगातार दुई खेल हारेपछि विराटनगर जित्नैपर्ने दबाबका बीच मैदानमा उत्रँदैछ ।
अर्कोतिर नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले आज पहिलो खेल खेल्दैछ ।
जारी प्रतियोगितामा दुई खेल खेलिसक्दासमेत सन्दीपले कुनै विकेट लिन सकेका छैनन् । यसले गर्दा उनी झनै दबाबमा छन् ।
यसअघि पहिले खेल हारेका कर्णाली र काठमाडौं आज पहिलो जितको खोजीमा हुनेछन् । कर्णालीको कप्तानी सोमपाल कामीले तथा काठमाडौंको करण केसीले गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्