काठमाडौं – साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १७ दशमलव ८० अंकले बढेर २७७५ दशमलव ८५ को विन्दुमा पुगेको छ ।
परिसूचक बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ५४ करोडको कारोबार भएकोमा यस दिन ८ अर्ब ५२ करोडको भयो ।
दिव्येश्वरी हाइड्रोपावर र इंग्वा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा स्यांगे हाइड्रोपावरको सेयर मूल्य ९.५१ प्रतिशतले घटेको छ ।
कारोबारमा रहेका १३ उपसमूहमध्ये सातवटाको समूहगत परिसूचक बढेको छ । ६ वटाको समूहगत परिसूचक घटेको छ ।


प्रतिक्रिया दिनुहोस्