काठमाडौं – स्थानीय तह निर्वाचनको इपिसेन्टर बनेको काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले बाजी मारेको छ । आईतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् । भर्खरै मात्रै कीर्तिपुरको मतगणना सकिएको हो ।
निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा भने गर्न बाँकी छ । नेपाली कांग्रेसले मेयर जित्दा नेकपा एमालेले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ। दोस्रो स्थानमा माओवादी उक्लिएको छ ।
कीर्तिपुरको मेयर पदका लागि एमालेका सुरेन्द्र मानन्धर र माओवादीका शिवशरण महर्जन प्रतिस्पर्धामा थिए । यस्तै स्वतन्त्र उम्मेदवार राजमान महर्जन थिए ।


प्रतिक्रिया दिनुहोस्