लगातार दुई दिनको गिरावटपछि १९.९७ अंकले बढ्यो नेप्से: कारोबार रकम पनि बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ मंसिर २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – लगातार दुई दिनको गिरावटलाई ब्रेक लगाउँदै नेप्से परिसूचक सोमबार १९.९७ अंकले बढेको छ । नेप्से ०.७२ अंकले बढेर २७५८.०४ को विन्दुमा पुगेको छ ।

कारोबार रकमले साढे १० अर्ब नाघेको छ । अघिल्लो दिन ८ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १० अर्ब ५४ करोडको भयो । १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रह्यो ।

- Advertisement -
Ad imageAd image

तारागाउँ रिजेन्सी होटेल, विशालबजार कम्पनी र खानीखोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य ८.७२ प्रतिशतले घटेको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये नौवटाको समूहगत परिसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार कम्पनीहरूको समूहगत परिसूचक ९.७० प्रतिशतले बढेको छ । दोस्रोमा होटेल क्षेत्र ४.९९ प्रतिशतले बढेको छ । फाइनान्स क्षेत्रको समूहगत परिसूचक १.९७ प्रतिशतले घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्