अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित: एनपीएलमा चितवन राइनोजको पनि विजयी सुरुआत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ मंसिर २०८१, सोमबार
3 Min Read
Aa

काठमाडौं – नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १४।१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । जनकपुरका लागि कप्तान अनिल साहले अर्धशतकिय पारि खेले ।

४२ बलको सामना गरेका उनले ३ छक्का र ६ चौकाको मद्दतमा ६२ रन जोडेर नटआउट रहे । जिमी नीशमले १६ रन थपेको खेलमा ओपनर आसिफ शेखले ३६ रनको योगदान दिए । लाहिरु मिलान्था २४ रनमा आउट भए । जनकपुरले यसअघि उद्घाटन खेलमा विराटनगर किंग्सलाई हराएको थियो ।

- Advertisement -
Ad image

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले अर्जुन घर्ती र कप्तान सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ४३ रन जोडेपछि १४२ रनको लक्ष्य दिएको थियो । अर्जुनले १९औं ओभरमा २२ रन जोडे भने अन्तिम ओभरमा सोमपालले २१ रन जोडेका थिए ।

नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए । भारतिय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडी फ्लप भए । एक खेलको ४० लाख पारिऋमिकमा एनपीएलले खेल्ने आएका शिखरले १४ बलमा १४ रन बनाउँदै आउट भए ।

चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिएका थिए ।

यसअघि आजै भएको पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध शानदार जित निकाल्दै चितवन राइनोजले विजयी सुरुआत गरेको छ ।काठमाडौंविरुद्ध चितवनले ५ विकेटको जित निकालेको हो । काठमाडौंले दिएको ११२ रनको सामान्य लक्ष्य चितवनले १७ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

चितवनका सन्तोष कार्कीले २८ रन बनाउँदा लुक बेन्केनस्टाइनले २२ रन जोडे । यस्तै, हसन इसाखिलले १२ रन जोडेका छन् । काठमाडौंका शाहब आलमले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले चितवनलाई ११२ रनको सामान्य लक्ष्य दिएको थियो । किर्तीपुरस्थित त्रिवि मैदानमा काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको हो । काठमाडौंका लागि सुमित महर्जनले २९, माइकल लेभिटले २५ तथा शंकर रानाले १६ रन बनाए । डान डौथवेट १९ रनमा अविजित रहे । चितवनका लागि सोहेल तनविर एक्लैले ५ विकेट लिए ।

तानवीरले ४ ओभरमा २१ रन दिएर महत्वपूर्ण ५ विकेट चट्काउँदा अमर रौठेला,कुशल मल्ल र रिजन ढकालको नाममा समान एक विकेट रह्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्