एसीसी यू–१९ एसिया कप: श्रीलंकासँग नेपाल ५५ रनले पराजित !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ मंसिर २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – युएईमा जारी यु-१९ एसिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ। श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १७८ रनमा समेटिँदा मायन यादवले सर्वाधिक ६१ रनको योगदान दिएका थिए।

आकाश त्रिपाठीले १९, उत्तम मगरले १४, नरेन भट्टले १७ र अर्जुन कुमालले १२–१२ रन बनाए । बलिङका श्रीलंकाका प्रविन मनिषले सर्वाधिक ३ विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्