रविलाई ४१ दिनपछि काठमाडौं ल्याइयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । आज (बिहीबार) बुद्ध एयरलाइन्सको जहाजमार्फत उनलाई काठमाडौं ल्याइएको हो ।

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा समेत संलग्नता रहेको आरोपमा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोही सहकारी ठगीको अनुसन्धानको लागि उनलाई काठमाडौं ल्याइएको हो ।

- Advertisement -
Ad imageAd image

लामिछानेलाई गत कार्तिक २ गते पक्राउ गरी पोखरा लगिएको थियो । आज ४१औं दिनमा उनलाई काठमाडौं ल्याइएको हो । लामिछानेमाथि चितवनको सहारा सहकारी ठगीको समेत आरोप छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्