परराष्ट्र मन्त्री आरजु राणा आज चीन जाँदै: चिनियाँ उच्चस्तरीय टोली भने काठमाडौंमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौं – परराष्ट्र मन्त्री आरजु राणा देउवा आज चीन जाने भएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन्।

प्रधानमन्त्री ओली १७ मंसिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जाँदैछन्।

- Advertisement -
Ad imageAd image

मुख्यतयाः चीनको ठूला परियोजना बिआरआई कार्यान्वयनसम्झौता गर्ने विषयमा कांग्रेस-एमालेबिच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभूमी तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेकी हुन्।

उनकाे चीन भ्रमण साेमवार बसेकाे मन्त्रिपरिषद बैठकले स्वीकृत गरेकाे थियाे। उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको छ।

अहिलेसम्म बिआरआईअन्तर्गत ऋण लिन हुने र नहुने मत विभाजित रहेको छ। बिआरआईमा नेपालले सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको हो। सन् २०१७ मे १२ मा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्क समझदारी पत्रमा हस्ताक्षर भएको थियो। कांग्रेस सरकारमा रहँदा त्यसबखत सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी भइरहेका बेला चीनको एक उच्चस्तरीय टोली भने काठमाडौं आइपुगेको छ। चीनको स्वशासित क्षेत्र सिजाङ प्रान्तस्थित विदेश मामिला कार्यालयका उपमहानिर्देशक लिउ लिनको नेतृत्वमा ६ सदस्यीय टोली मंगलबार काठमाडौं आइपुगेको हो।

चाइना एयरबाट आएको उक्त टोलीलाई नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए। शनिबारसम्म काठमाडौंमा रहने उक्त टोलीले केही सरकारी अधिकारी र राजनीति दलका शीर्ष नेताहरूसँग छलफल गर्नेछ। उनीहरूले बुधबारदेखि दलका नेताहरूसँगको छलफल सुरु गरिसकेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्