रबि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने: मंगलबार किन पोखरामै रोकिए ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०८१, बुधबार
2 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयानका लागि हिजो काठमाडौं ल्याइने भनिए पनि हवाई मौसमको खराब देखाउँदै ल्याउन सकिएको थिए। कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई यसअघि मंगलबार काठमाडौं ल्याइने भनिए पनि स्थगित हुन पुगेको थियो।

अब उनलाई आज या भोली मात्र काठमाडौं ल्याइने भएको छ। रास्वपाका नेता तथा लामिछानेका सहयोगी दीपक बोहोराले पनि लामिछानेलाई बुधवार साँझ वा बिहीबार बिहानमात्रै काठमाडौं पठाउने जानकारी गराएका छन्।

- Advertisement -
Ad imageAd image

पोखरामा नै रहेका उनले फेशबुकमा लेखेका छन्- ‘कास्की प्रहरीले रवि दाइलाई बुधवार साँझ वा बिहिबार बिहान मात्र काठमाडौं पठाउने भएको छ।’

उनलाई यस बीचमा बयानका लागि पोखराबाट रुपन्देही लगिएको थियो। काठमाडौंमा भने लामिछानेविरुद्ध कालिमाटीमा मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा ठगी गरेको आरोप छ। लामिछानेलाई आइतबार मात्र कास्की जिल्ला अदालतले १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

यस अघि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो। त्यसपछि कार्तिक २५ गते १३ दिनको म्याद थप भएको थियो।

लामिछानेविरुद्ध कास्की बाहेक रुपन्देही, काठमाडौं र चितवन अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रहरीले सहकारी ठगी मुद्दामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्