कोशीका पुर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी हिरासतमुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि उनलाई छाडिएको प्रहरीले जनाएको छ ।

पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए । तर, उनीसँगै जापान गएका खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए ।

- Advertisement -
Ad imageAd image

पछि मन्त्री अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो । डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।

अनुसन्धानका क्रममा अधिकारीको पनि संलग्नता देखिएको भन्दै काठमाडौं प्रहरीले पूर्वमन्त्री अधिकारीलाई २६ कात्तिकमा बिराटनगरस्थित उनको निवासबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

तर, मुद्दा बुझाउने बेला आधार प्रमाणहरु हेर्दा उनलाई मुद्दा चलाउनुपर्ने स्थिति नदेखिएको भन्दै सरकारी वकिलले अन्य ११ जनालाई मात्र प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्