मन्त्रिपरिषद् बैठक: परराष्ट्रमन्त्री देउवाको चीन भ्रमण स्वीकृत, धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – सरकारले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डा. देउवाको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वतयारीका लागि उनी मंसिर १३ गते चीन जानेछिन् भने प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जानेछन् । यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्