माओवादीका पूर्वमन्त्री राईको निधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ । माओवादी केन्द्रीय सदस्य समेत रहेका राईको शनिबार निधन भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिएका छन् ।

उनी पार्किन्सन रोगबाट थलिएर अस्पतालमा उपचार गराइरहेका थिए । राईको निधनबाट आफू दुःखित भएको अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

- Advertisement -
Ad imageAd image

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्किन्सन रोगबाट थलिनुभएका हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य एवं पूर्वमन्त्री क. पदम राईको निधनले दुःखित बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्