बालेनले ओलीलाई एक लाख जरिवाना तिराउने !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेलाई काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गराएको छ । दरबारमार्गमा कार्यक्रम गर्दा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेको भन्दै महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गर्दै पत्राचार गरेको हो ।

महानगरपालिकाले शुक्रबार नै एमालेलाई जरिवाना गरिएको पत्र पठाएको छ । ‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नम्बर १ दरवारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध पर्दछ’, नगर प्रहरी निरीक्षक लिलाराज गाछाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

- Advertisement -
Ad image

एमालेले शुक्रबार दिउँसो गरेको जागरण सभामा प्रधानमन्त्री केपी ओलीको समेत सहभागिता रहेको थियो ।

Descripción no disponible.

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्