इजरायलका प्रधानमन्त्री नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्‍यो गिरफ्तार वारेन्ट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षा मन्त्री योभ गलान्टलाई गिरफ्तारी वारेन्ट जारी गरेको छ। अदालतले लोकतान्त्रिक देशका नेताहरूविरुद्ध यस्तो वारेन्ट जारी गरेको पहिलो पटक हो।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रि-ट्रायल च्याम्बरका तीन न्यायाधीशले मानवताविरुद्धको अपराध र युद्ध अपराधको आरोपमा सर्वसम्मतिले वारेन्ट जारी गरेका हुन्। अभियोजक करीम खानले गाजा नरसंहार हरेको भन्दै मुद्धा दायर गरेका थिए।

- Advertisement -
Ad imageAd image

यो आदेशपछि नेतान्याहु र ग्यालान्ट दुबै आईसीसीको पक्षमा रहेका १२० भन्दा बढी देशमा यात्रा गरेमा पक्राउ पर्ने छन्। त्यस्तै अदालतले मोहम्मद दीब इब्राहिम अल-मसरी (जसलाई मोहम्मद डेफ भनेर पनि चिनिन्छ) ७ अक्टोबर, २०२३ मा युद्धलाई उत्प्रेरित गर्ने नरसंहारमा वारेन्ट जारी गरेको छ। इजरायलले हवाई हमलामा डेफ मारेको बताए पनि हमासले आफ्नो सैन्य शाखाको प्रमुखको मृत्यु भएको औपचारिक रूपमा कहिल्यै स्वीकार गरेको छैन।

अदालतको यो निर्णयले हाल हमास हिजबुल्लाहवृद्ध लडाईमा रहेका नेतान्याहुलाई मुश्किलमा पार्नसक्ने विश्लेषण गरिएको छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले वारेन्ट जारी गरे पनि यसको व्यावहारिक प्रभावहरू सीमित हुन सक्ने बताइएको छ किनभने इजरायल र यसको प्रमुख सहयोगी, संयुक्त राज्य अमेरिका, यस अदालतको सदस्य छैनन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्