साताको कारोबारको अन्तिम दिन नेप्सेमा फराकिलो गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३१ दशमलव ३१ अंकले घटेर २६८० दशमलव ४४ को विन्दुमा पुगेको छ ।

बिहीबार ३१४ कम्पनीका ८४ हजार ८ सय ५८ पटकको कारोबारमा १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

- Advertisement -
Ad imageAd image

१३ समूहमध्ये सबै राताम्मे हुँदा सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ४३ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनी घटेको छ भने चार कम्पनीको मूल्य स्थिर रहेको छ । आज नेपाल फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्