साताको चौथो कारोबार दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ कार्तिक २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव १२ अंकले घटेर २७३४ दशमलव ८३ को विन्दुमा पुगेको छ ।

बुधबार ३०८ कम्पनीका ७७ हजार ८ सय ६१ पटकको कारोबारमा १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

- Advertisement -
Ad imageAd image

९९ कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटाको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ४ वटा बढ्दा अन्य राताम्मे छन् । सप्तकोशी विकास बैंक र सृजनशील लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सर्वाधिक कमाउने पाँच कम्पनीमा जानकी फाइनान्स, पोखरा फाइनान्स, सप्तकोशी विकास बैंक, समृद्धि फाइनान्स र पीपुल्स हाइड्रोपावर रहेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्