साताको तेस्रो कारोबार दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ को विन्दुमा झरेको छ । यस दिन एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर सात अर्ब ८५ करोड ९७ लाख रुपैयाँमा किनबेच भएको छ ।

आज ८० कम्पनीको सेयर मूल्य बढेको छ । १५७ कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा रहेका १३ उपसमूहमध्ये तीन वटाको मात्र समूहगत परिसूचक बढेको छ ।

- Advertisement -
Ad imageAd image

मंगलबार गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियम हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउने गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य ९.३६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्