रवि लामिछानेको प्रतिक्रिया: ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई ‘बाघ’ को संज्ञा दिएका छन् । बयानको लागि रुपन्देही पुर्याईएका लामिछानेले सहकारी वकिलको कार्यालयमा बयान दिएर फर्किने क्रममा मिडियाकर्मीहरुसँगको कुराकानीमा आफूलाई बाघको रुपमा चित्रण गरेका हुन् ।

उनको संक्षिप्त प्रतिक्रिया थियो,‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन् ।’ लामिछाने पक्राउ परेपछि रास्वपा पँक्ति पूरै आन्दोलित छ । लामिछानेले पनि आफूमाथि कांग्रेुस र एमालेले राजनीतिक प्रतिशोध साँधेको दाबी गरेका छन् । उनले यसअघि केपी शर्मा ओली नेतृत्वमा रहेसम्म देशले सुख नपाउने टिप्पणी गरेका थिए।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्