यू-१९ महिला टी-२० विश्वकप छनौटमा नेपाल र कुवेतको भिडन्त आज, कस्ले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध खेल्दै छ। दुबईस्थित द सेभेन स्टेडियममाहुने यो खेल बिहान ११: १५ बजेदेखि शुरु हुँदै छ।

प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ। अंक तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ।

- Advertisement -
Ad imageAd image

नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो। त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ। नेपालले यस प्रतियोगितामा विहिबार युएईसँग खेल्ने तालिका रहेको छ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन्। डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्