साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा दोहोरो अंकको वृद्धि: कारोबार रकममा पनि सुधार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ कार्तिक २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक २२ दशमलव १४ अंकले बढेर २७६० दशमलव २१ को विन्दुमा पुगेको छ ।

सोमबार ३०२ कम्पनीका १ लाख १३ हजार ९ सय ६४ पटकको कारोबारमा २ करोड ४५ लाख ५७ हजार १ सय ५३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँ रहेको छ ।

- Advertisement -
Ad image

१४३ कम्पनीको सेयर मूल्य बढ्दा ९२ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ समूहमध्ये ५ वटा राताम्मे हुँदा अन्यमा हरियाली छाएको छ । सर्पोट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त र सृजनशील लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज साहस ऊर्जामा लगानीकर्ता झुम्मिएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्