कांग्रेस उपसभापति गुरुङकी पूर्वपत्नी ज्योतिविरुद्ध इन्टरपोलमा ‘रेड नोटिस’ जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०८१, शुक्रबार
1 Min Read
Aa
INTERPOL Law Insider

काठमाडौं – ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा ‘रेड नोटिस’ जारी भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) को सिफारिसमा इन्टरपोलले गुरुङ र ऋणी ज्योतिबहादुर भण्डारीविरुद्ध रेड नोटिस जारी गरेको हो ।

- Advertisement -
Ad imageAd image

सहकारी ठगीबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुरुङ र भण्डारीको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन एनसीबीलाई पत्राचार गरेको थियो । सहकारी ठगी प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्