१.८८ अंकले नेप्से घट्दा कारोबार रकम भने बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – यो साताको कारोबारको दोस्रो तथा अन्तिम दिन आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १ दशमलव ८८ अंकले घटेर २६७५ दशमलव ५१ को विन्दुमा पुगेको छ ।

बुधबार ३२० कम्पनीका ५५ हजार २ सय ३८ पटकको कारोबारमा १ करोड १६ लाख कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

- Advertisement -
Ad image

१२१ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ५ वटाको बढ्दा अन्य राताम्मे छन् भने नारायणी विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्