अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत ल्याएका छन् । डोनाल्ड ट्रम्पले २७९ इलेक्टोरल भोट प्राप्त गरेका छन् । कमला ह्यारिसले २१९ इलेक्टोरल भोट जितिन् ।

ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेटमा जित हासिल गरेका छन् । यसमा जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया समावेश छन्।

- Advertisement -
Ad imageAd image

अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज भोटहरू छन्, बहुमतका लागि २७० मतहरू आवश्यक छन्।

जर्जिया र नर्थ क्यारोलिनामा १६–१६ इलेक्टोरल भोट छन् । जबकि पेन्सिलभेनियामा सबैभन्दा बढी १९ इलेक्टोरल भोट छ । यी तीन बाहेक, अन्य स्विङ राज्यहरू नेभाडा, मिशिगन र एरिजोना हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्