काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ । अमेरिकाको डालसस्थित ग्राउन्ड प्रेरी क्रिकेट रङ्गशालामा सोमबार राति सुरु भएको खेल आधिहुरीको सम्भावनासँगै रद्द भएको हो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १ ओभरमा २ रन बनाएपछि वर्षा भएको थियो । वर्षाका कारण रोकिएको खेल सुरु भएर ६ ओभर खेलेपछि मौमस प्रतिकूल भई पुनः रोकिएको थियो ।
नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएपछि पुनः भएको वर्षाका कारण खेल रोकिएको हो । अमेरिकी समयअनुसार सोमबार दिउँसो १ देखि ४ बजेसम्म आधिहुरीको सम्भावना रहेकाले खेल स्थगित भएको जनाइएको छ ।
खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् । नेपालले आफूले खेलेका १२ खेलमध्ये २ वटामा मात्र जित निकालेको छ । यस्तै ८ खेलमा हार र २ खेल रद्द हुँदा नेपाल ६ अंकका साथ सातौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्