काठमाडौंबाट दिल्ली फर्किन लागेको जहाजमा बमको हल्ला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ कार्तिक २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – दिल्ली फर्किन लागेको एयर इन्डियाको जहाजमा बम रहेको सूचना आएपछि सबै यात्रुलाई ओरालेर जाँच भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली फर्किन लागेको जहाजमा दिउँसो ४ : ३१ मा बम थ्रेट रहेको सूचना आएको थियो । जहाजमा बम रहेको सूचना आएपछि प्रहरी टोली रनेपाली सेनाको टोलीले जाँच गरेको हो ।

- Advertisement -
Ad imageAd image

विमानस्थल प्रहरी प्रमुख एसएसपी डम्बर बहादुर बिकका अनुसार काठमाण्डौ हुँदै दिल्ली जानको लागी १६० जना यात्रु सबै जना बोर्डिङ भई सकेको तथा प्रस्थान हुने यात्रु हरुको लगेज व्याग समेत लोड गरिसकिएको थियो । सबै लगेजहरू झारी पुन कुकुर समतेको प्रयोग गरी जाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्