विश्वकप लिग-२ मा आज स्कटल्याण्डको सामना गर्दै नेपाल: कस्तो रहला प्रदर्शन ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा आज स्कटल्याण्डसँग खेल्दै छ । एकदिवसीय फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार राति ९:१५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ ।

यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएको छ ।

- Advertisement -
Ad image

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ३ र स्कटल्याण्डले ३ खेल जितेका छन् । दुवैबीच पछिल्लो खेल २०२३ को फेब्रुअरीमा भएको थियो ।

क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ ।

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र सन्दीप लामिछाने रहेका छन् ।

यस खेलपछि नेपालले नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्