समता घरेलु लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ कार्तिक २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप प्राथमिक सेयर (एफपीओ) निष्कासन गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा तीन लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ निष्कासन गरेको हो ।

एफपीओमा छिटोमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गरेको एफपीओमा न्यूनतम १० देखि एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

- Advertisement -
Ad imageAd image

कम्पनीले २०७८ चैत २९ गते एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । तर, बोर्डले तीन वर्षपछि गत असोज २९ गते मात्र एफपीओ निष्कासन अनुमति दिएको थियो ।

यो एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । हाल यो कम्पनीको धितोपत्र दोस्रो बजारमा प्रतिसेयर मूल्य ९३५ रुपैयाँ कायम छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: