टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनमा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ कार्तिक २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाल साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ। आइतबार भएको खेलमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।

तनावपूर्ण खेलको निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछी पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा नेपालकी गोलकिपर अन्जना राना मगरले भारतका दुई खेलाडीको प्रहार रोकिन भने नेपालका ४ खेलाडीले गोल गर्दै जित दिलाए।

- Advertisement -
Ad image

नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन। त्यसपछि १ घण्टा खेल रोकिएको थियो।

खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन्। त्यसअघि खेलको ५०औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउँदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो । नेपालले अब उपाधिका लागि बंगलादेशसँग खेल्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्