कुलमानको निर्देशनमा विद्युत् प्राधिकरणले काट्यो बक्यौता नतिर्ने उद्योगको लाइन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ कार्तिक २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली तथा ऊर्जा मन्त्री दीपक खड्काको आग्रहलाई अस्विकार गर्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको निर्देशनमा बिहीबार राति डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका दर्जनौं उद्योगको लाइन काटिएको छ ।

यसअघि बिहान प्राधिकरणको सञ्चालक समितिमा यस विषयमा छलफल भएको थियो। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय बिहीबार (कात्तिक ८ मा) सकिएपछि लाइन काट्न सुरू गरेको हो। रकम नतिरी बस्ने सबै उद्योगको लाइन काट्ने ती अधिकारीको भनाइ छ।

- Advertisement -
Ad imageAd image

गत असोज २४ गते फूलपातीका दिन प्राधिकरणले एक सूचना प्रकाशित गरी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गर्दै सो समयभित्र नबुझाए कानुनी प्रक्रिया थालिने चेतावनी दिएको थियो।

विद्युत् प्राधिकरणले ६ अर्ब ४३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ। यसअघि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेको थियो। पछि मन्त्रिपरिषद्को निर्देशनमा ३ महिनाका लागि जोडिएको थियो। तीन महिनाको म्याद पनि बिहीबार नै सकिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्