पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, आज माइतीघर मण्डलामा जम्मा हुन उर्दी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ कार्तिक २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई सडक आन्दोलनबाट छुटाउन भन्दै पोखरा पुगेका रास्वपा नेताहरु रित्तोहात फर्किएका छन् । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले हिजोमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सडकबाटै रविलाई छुटाउने भरपुर प्रयास गरेपनि पोखरेली जनताले साथ नदिएपछि रास्वपा हिजोबाटै काठमाडौं केन्द्रीत बनेको छ । रास्वपाले आज काठमाडौंको माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्ने छ । रास्वपाले आजको काठमाडौं केन्द्रीत विरोध प्रदर्शनमा जम्मा हुन नेता कार्यकर्तालाई आह्वानसमेत गरेको छ ।

- Advertisement -
Ad imageAd image

सहकारी ठगीको आरोपमा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । लामिछानेलाई झुट्टा मुद्दामा सरकारले फसाउन खोजेको आरोप लगाउँदै शनिबारदेखि लगातार रास्वपाका नेता तथा कार्यकर्ताहरु विरोधमा उभिएका छन् । बिहीबार लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिनुका साथै लामिछाने सहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न रुपन्देही अदालतको अनुमति समेत प्रदान गरिसकेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्