साताको अन्तिम कारोबार सेयर बजारमा १८ दशमलव २५ अंकको गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ कार्तिक २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १८ दशमलव २५ अंकले घटेर दुई हजार छ सय २७ दशमलव १४ मा पुगेको छ ।

बिहीबार ३१७ कम्पनीका ६० हजार ५ सय ८६ पटकको कारोबारमा १ करोड २० लाख ४६ हजार ७ सय ४६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब २६ करोड ६० लाख १० हजार रुपैयाँ रहेको छ ।

- Advertisement -
Ad image

आज ५४ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको घटेको छ भने ७ वटा स्थिर रहेको छ । बिहीबार नेपाल एसबीआई बैंकको लगानीकर्ताले ९ दशमलव ७५ प्रतिशतका दरले कमाएका छन् भने एनएलजी इन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

पाँच अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार ६ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्