काठमाडौं – साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध नेपालले ११-० को फराकिलो अन्तरको जित हासिल गरेको छ ।
दशरथ रंगशालामा भएको खेलमा रेखा पौडेल एक्लैले पाँच गोल गरिन । यस्तै प्रीति राईले पनि ह्याट्रिक गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक-एक गोल गरे ।
च्याम्पियनसिपमा दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा छ । दुई खेलबाट समान ४ अंक भएपनि भुटान गोल अन्तरमा पछि छ । श्रीलंकाको ३ अंक छ । लगातार दुई खेल हारेपछि माल्दिभ्स समूह चरणबाटै बाहिरिएको छ ।


प्रतिक्रिया दिनुहोस्