रवि लामिछाने पक्राउ प्रकरणले सेयर बजारमा भारी गिरावट, कारोबार रकम भने ८ अर्ब नाघ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ प्रकरणले राजनीतिक परिस्थिति अनिश्चित बनेका दिन साताको पहिलो कारोबार दिन आईतबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा बन्द भएको छ ।

आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आठ अर्ब १८ करोड दुई लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत बिहीबार सात अर्ब १९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । १८ कम्पनीको सेयर मूल्य बढ्दा २२६ कम्पनीको सेयर मूल्य घटेको छ ।

- Advertisement -
Ad image

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज इष्टर्न हाइड्रोवारको सेयर मूल्य १० प्रतिशतले घटेको छ । गुडविल फाइनान्सको सर्वाधिक ४५ करोड सात लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसैगरी कुमारी बैंकको ३७ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये १२ समूहको परिसूचक घटेको छ । म्युचुअलफ फण्ड समूहको परिसूचक भने स्थिर छ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्