महिला टि-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र न्यूजिल्यान्ड भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ कार्तिक २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौं – महिला टि-२० विश्वकप क्रिकेटको फाइनलमा न्यूजिल्यान्ड र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्ने भएका छन्। दोस्रो सेमिफाइनलमा गएराति वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा पुगेको हो। यसअघि पहिलो सेमिफाइलनमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगिसकेको छ।

दोस्रो सेमिफाइनलमा टस जितेर सुरुमा ब्याटिङ रोजेको न्यूजिल्यान्डले दिएको १२९ रनको लक्ष्य भेट्न नसक्दा वेस्ट इन्डिज फाइनल प्रवेशमा चुकेको हो। पूरै २० ओभर खेलेको वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा मात्र १२० रन बनाउन सक्यो।

- Advertisement -
Ad imageAd image

न्यूजिल्यान्डलाई जित दिलाउने क्रममा एडन कार्सनले ४ ओभरमा २९ रन खर्चिँदै ३ विकेट लिइन्। यसैगरी एमेली केयरले किफायती बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारिन। कार्सन सो खेलको उमन अफ द म्याच समेत घोषित भइन्।

वेस्ट इन्डिजका लागि अलराउण्ड प्रदर्शन गरेकी डियट्रा डोटिनले २२ बलमा ३३ रन जोडिन्। एफी फ्लेटचर १७ रनमा अविजित रहिन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ९ विकेटको क्षतीमा १२८ रन जोडेको हो। टोलीका सुजी बेट्सले २६ तथा जर्ज प्लिमरले ३३ रनको योगदान गरे। इस्बेला गाजा १४ बलमा २० रन जोड्दै अविजित रहिन् भने ब्रुक हलीले ९ बलमा १८ रन जोडिन्। वेस्ट इन्डिजका लागि डोटिनले ४ ओभरमा २२ रन खर्चिँदै ४ विकेट लिइन्।

भारत, पाकिस्तान र श्रीलंका सेमिफाइनल समीकरण अगाडि नै बाहिरिएको यो प्रतियोगितामा फाइनल भिडन्तमा न्यूजिल्यान्ड पुगेको हो। दक्षिण अफ्रिका र न्यूजिल्यान्डको फाइनल प्रतिस्पर्धा आईबार साँझ पौने ८ बजे यूएईको दुबईस्थित सारजहामा हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्