पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछाने पक्राउको विरोधमा काठमाडौंको माइतिघर र पोखराको मानवअधिकार चोक चिप्लेढुंगामा प्रदर्शन गर्न लागेको छ ।
सरकारले प्रतिशोध साँधेर आफ्ना सभापतिलाई पक्राउ गरेको दावी गरेको रास्वपाले त्यसको प्रतिरोधका लागि आफ्नो नेता कार्यकर्तालाई आव्हान गरेको छ ।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएकाे छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट पोखरा लगेको हो ।
लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको थियो । उनी अहिले हिरासतमा छन् । राती करिब ३ बजेतिर कार्यालय प्रवेश गराइएको थियो ।


प्रतिक्रिया दिनुहोस्