काठमाडौंमा पक्राउ परेका रविलाई राती नै पोखरा पुर्‍याइयो: आजदेखी आन्दोलन थाल्ने रास्वपाको तयारी !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ कार्तिक २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – सहकारी ठगी प्रकरणमा शुक्रबारसाँझ काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ । लामिछानेका समर्थकहरूको नाराबाजी र विरोध प्रदर्शनका बिच उनलाई सडक मार्गबाट आज बिहान ३ बजे पोखरा पुर्‍याइएको हो ।

काठमाडौंबाट लामिछानेलाई नियन्त्रणमा लिएर प्रहरीले पोखरा पुर्‍याएपछि यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले हिरासत बाहिर चर्को नाराबाजी गर्नुका साथै बिहानैदेखि रास्वपा कार्यकर्ताहरू पोखरामा भेला भैरहेका छन ।

- Advertisement -
Ad imageAd image

सूर्यदर्शन सहकारीको बचत रकम हिनामिना गरेको अभियोगमा शुक्रबार पक्राउ पुर्जी जारी भएलगत्तै सामाजिक सञ्जाल मार्फत आफ्ना समर्थक भड्काउने र अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरिरहेका लामिछानेको चाहना बमोजिम नै आजदेखि आन्दोलन थाल्ने राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्