आजदेखि साफ महिला च्याम्पियनसिप सुरु: पहिलो खेलमा भारत र पाकिस्तानको भिडन्त कस्ले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ कार्तिक २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि काठमाडौँमा शुरु हुदै छ । आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिदै छन् ।

नेपाल समुह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् । प्रतियोगिताको पहिलो खेल आज भारत र पाकिस्तानबीच हुदै छ । यो खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुदै छ ।

- Advertisement -
Ad imageAd image

नेपालले भने शुक्रबार पहिलो खेलमा भुटानको सामना गर्दै छ । नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले २३ सदस्यीय टिमको घोषणा गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्