पशुपति क्षेत्र विकास कोषको आरोपः पशुपतिनाथको सम्पत्तिमा मारवारी समुदायले आँखा लगायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले गौशला धर्मशालाको जग्गामा मारवाडी समुदायले आँखा लगाएको आरोप लगाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा कोषले पशुपतिनाथमा दुध चढाउने लगायतका विषय जोडेर पशुपतिनाथको जग्गा र सम्पत्तिमा मारवाडी सेवा समिति नेपालले आँखा लगाएको बताइएको हो ।

‘भगवान पशुपतिनाथको नाममा भएको जग्गा र जग्गामा रहेको सम्पत्तिमा, पशुपतिनाथमा दुध चढाउने लगायतका विषय जोडेर गलत नियतले अतिक्रमण गर्ने कुरा भएको छ । त्यो जग्गामा मारवाडी समुदायको तर्फबाट आँखा लगाइएको विषय जगजाहेर छ,’– कोषले भनेको छ ।

- Advertisement -
Ad imageAd image

पशुपति धर्मशालाको जग्गामा मारवाडी सेवा समिति नेपालको मोहियानी हक नपुग्ने बताइएको छ । मोहियानी हक दाबी गर्नका लागि मारवारी सेवा समितिसँग कुनै आधार नरहेको बताइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्